झापा : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर महिनाको वित्तीय अवस्था सार्वजनिक गरेको छ । देशैभर रहेका सहकारी संघसंस्थाले वित्तीय विवरण मासिक रुपमा आफ्ना सेयरधनीलाई जानकारी गराउनु पर्ने सहकारी बिभागको निर्देशन छ । सोहि बमोजिम सिम्रिक साकोसले पनि मासिक रुपमा वित्तीय अवस्था सार्वजनिक गरेको हो ।
साकोसका अध्यक्ष सुवास भट्टराई , कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र लेखा बिभाग प्रमुख कमला प्रधानद्धारा हस्ताक्षरित वित्तीय विवरण अनुसार शेयर पुंजी ३६ करोड २२ लाख २३ हजार ५ सय रुपैंया, जगेडा कोष ८ करोड ७३ लाख ८५ हजार ६ सय १९ रुपैंया, निक्षेप रकम २ अर्ब २९ करोड ७२ लाख ८३ हजार २ सय ७५ रुपैंया रहेको उल्लेख छ । त्यस्तै संस्थाको वासलात ३ अर्ब ४३ करोड ५८ लाख ३२ हजार ३ सय ६८ रुपैंया, कुल संस्थागत पुंजी ९ करोड ८० लाख ७६ हजार २ सय ४४ रुपैंया रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै संस्थाको ऋणी १५ हजार ५ सय ५५ रहेका छन् । २ अर्ब ८३ करोड १९ लाख ७६ हजार ५ सय १३ रुपैंया संस्थाले लगानी गरेको छ । झापा इलाम, पाँचथर, मोरंग जिल्लाको ४६ वटा सेवा केन्द्रबाट संस्थाले सेवा प्रवाह गरिरहेको छ । संस्थाको ७० हजार ५ सय ७६ जना शेयर सदस्य रहेका छन् ।

सिम्रिक साकोसले सहकारीको सिद्धान्त सहित विधि र प्रविधिलाई आत्मसात् गरेकै कारण संस्थागत उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले सहकारीको ऐन, नियम र मूल्यमान्यतालाई आत्मसात् गरी सेयर सदस्यहरुको बचत सुरक्षामा सचेत रहेको भन्दै जोखिम न्यूनीकरण र व्यवस्थापनलाई ध्यान दिएको बताए । उनले देशमा देखिएको बिषम परिस्थितिमा पनि संस्थाले शेयर सदस्यको हित र उन्नतीमा काम गरिरहेको बताए ।
सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत पनि बिभिन्न सामाजिक कार्य पनि बर्षेनी गर्दै आएको छ । संस्थाले विपन्न विद्यार्थीलाई स्कुल ब्याग, जेष्ठ सदस्यलाई न्यानो कपडा, सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य शिविर लगायतको गतिविधि साकोसले गर्दै आएको अध्यक्ष सुवा भट्टराई बताउंछन् ।









































