झापा । झापाको अर्जुनधारा–७ स्थित विल्डकन इन्डष्ट्रिज प्रालिले पेभर्सको माग बढ्दै गएपछि उत्पादन बढाउन थालेको छ । कालोपत्रेको तुलनामा मजबुत र कम खर्चिलो देखिएपछि पछिल्लो समय स्थानीय तहलगायतका सरकारी निकाय एवम् निजी क्षेत्रसमेतले साना तथा भित्री सडक, पेटी बनाउन पेभर्स नै खोज्दा माग बढ्न गई उत्पादन बृद्धि गरिएको उद्योगले जनाएको छ । पेभर्सलाई कालोपत्रेको विकल्पको रुपमा हेरिएको छ ।
आठ वर्षअघि ठूलो लगानीमा स्थापना गरिएको उद्योगले केही वर्ष क्षमताको २०–३० प्रतिशत मात्रै उत्पादन गर्दै आएकोमा अहिले क्षेमताको ५० प्रतिशत उत्पादन भइरहेको र यो बढ्दोक्रममा रहेको उद्योगका सञ्चालक तथा प्रवन्ध निर्देशक नविन गट्टानीले बताए ।
उद्योगका गतिविधिका बारेमा प्रत्यक्ष जानकारी गराउने उद्देश्यले आइतबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक गट्टानीले एनएस मापदण्डअनुसार विश्वस्तरीय निर्माण सामग्री उत्पादन भइरहेकोले बजारमा बिल्डकनका उत्पादनको माग र लोकप्रियता बढेको दाबी गरे ।
‘बिल्डकनले गुणस्तरमा कुनै सम्झौत गर्दैन’ गट्टानी भन्छन्– ‘हामीले राम्रै लगानीमा विश्वस्तरीय जर्मन प्रविधि भित्र्याएका छौँ, त्यसले मापदण्ड अन’सारको ग’णस्तरीय सामग्री बनाउँछ ।’
गट्टानीका अनुसार बिल्डकनले नेपालमै पहिलो पटक जर्मन प्रविधि प्रयोग गरी पेभर्स उत्पादन थालेको हो । आठ वर्षअघि बिल्डकनका उत्पादन प्रयोग गरी बनाइएका बाटो, पेटी अहिलेसम्म उस्तै रहेको अर्का सञ्चालक प्रदीप अग्रवालले बताए ।
बिल्डकनले उत्पादन गरेका पेभर्स नेपाल गुणस्तरचिन्ह प्राप्त हुन् । सरकारले लामो अध्ययन, अवलोकन र सरोकारवालाहरुको प्रतिक्रियापछि मात्र गुणस्तर चिन्ह प्रदान गरेको बताउँदै सञ्चालक अग्रवालले भने– ‘एनएस चिन्ह प्राप्त गर्न थुप्रै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ, यो त्यति सजिलो पनि छैन’, अग्रवाल भन्छन्– ‘यसमा ढाँटढुट वा छलछाम चल्दैन ।’
विभिन्न १० प्रकारका चेकजाँचपछि मात्र गुणस्तरीय पेभर्स ग्राहककहाँ पुग्ने अग्रवाल बताउँछन् । एनएस प्राप्त पेभर्सको ५ वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुने उनको भनाइ छ । उनले आफ्नो उत्पादनको ग’णस्तरप्रति विश्वास रहेकैले उद्योगले ५ वर्षको ग्यारेन्टी दिएको अग्रवालको भनाइ छ । ‘बिल्डकनका पेभर्स प्रयोग गरी बनाएका सडकहरुमा पाँच वर्षसम्म मर्मत खर्च गर्नुपर्दैन, हामी आफैं मर्मत गर्छौं’ उनले भने ‘यसबाट सरकारी निकाय अनि निजी क्षेत्रकै पनि ठूलो धनराशी वचत हुन्छ ।’
‘एनएसको नाममा सेटिङमा एउटै उद्योगको एकाधिकार भएको भन्ने गुनासो छ नि रु’ भन्ने पत्रकारको जिज्ञासामा प्रवन्ध निर्देशक गट्टानीले भने– ‘यो कुरा भ्रम हो, गुणस्तरका कारण हाम्रो उत्पादनको माग बढेको हो, हामी गुणस्तरमा एक नम्बरमा छौं, हामीले किन सेटिङ गर्नुपर्यो, कमसल र गुणस्तरहीनले भनसुन र सेटिङ गर्नुपर्ला त रु’
उद्योगमा करिब ६० करोड लगानी छ भने प्रत्यक्ष रुपमा ३५० जनालाई रोजगारी दिएको गट्टानीको भनाइ छ । उद्योगको उत्पादन क्षमता दैनिक ३५ हजार स्क्वायर फिट ९करिब १ लाख २५ हजार पिस० छ । यहाँ उत्पादित पेभर्स कोशी प्रदेशसँगै काठमाडौं, स’दूरपश्चिमसम्म खपत हुँदै सञ्चालक अग्रवालले बताए । उद्योगले एम २५ देखि एम ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ ।








































