सन्ताेष न्याैपाने / झापा

चाेरी पैठारी नियन्त्रणमा झापा प्रहरीले सक्रियता बढाएकाे छ । खुल्ला सीमाकाे फाईदा उठाउँदै  जिल्लाका विभिन्न स्थानबाट नेपाल भित्र्याइएका विभिन्न सामान प्रहरीले बरामद  गरिरहेकाे छ ।

आज बुधबार दिउँसाे मात्रै जिल्ला प्रहरी कार्यलय झापा र ईप्रका काँकरभिट्टाबाट खटिएकाे प्रहरी टाेलीले मेचिपुलबाट झण्डै  लाख रूपैंया बराबरकाे लत्ताकपडा बरामद गरेकाे छ । सिटि रिक्कसामा लुकिछिपि ल्याउँदै गरेकाे अवस्थामा कपडा प्रहरीले बरामद गरेकाे हाे ।
प्रहरीले बनारसी साडी ५० थान मूल्य एक लाख, चिप्लाे साडी २९ थान ४३ हजार ५ सय, सुती साडी ७९ थान ७९ हजार, सटकाे कपडा २९० पिस २ लाख ९० हजार , थान कपडा १६८ पिस, १ लाख ३४ हजार ४ सय, काेट कपडा २४ थान ४८ हजार गरि ६ लाख ९४ हजार ९ सय बराबरकाे सामान बरामद गरेर भन्सार दाखिला गरेकाे प्रहरीले जनाएकाे छ ।

झापामा मातहत सहितकाे प्रहरीकाे सक्रियतामा  चालू आवमा १ कराेड ८० लाख भन्दा बढिकाे खाध्यन्न, लत्ताकपडा, हाडवेयर लगायतका सामान बरामद गरेर भन्सार दाखिला गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

झापामा अहिले  प्रहरीले भारतिय माछा, लत्ताकपडा , खाध्यन्न, सुर्ती लगायतका सामान बरामद गरिरहेकाे छ । केही दिन अघि बिर्तामाेडबाट प्रहरीले ठुलाे परिमाणमा कपडा बरामद गरेकाे थियाे । चाेरी पैठारी नियन्त्रणमा प्रहरी आक्रमक बनेकाे प्रहरीकाे भनाई छ ।