काठमाडौं । राप्रपा केन्द्रीय सदस्य खुश्बु ओलीले २०२८ सालमा झापा क्रान्तिका नाममा मारिएका २२ वर्षे ज्ञानेन्द्र ढकाललाई पहिले जेनजी शहीद घोषणा गर्न माग गरेकी छन् ।

राप्रपाले शनिवार विर्तामोडमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै युवा नेता ओलीले राजनीतिकरुपमा हत्या गरिएका पहिलो जेनजी ज्ञानेन्द्र ढकाल भएको बताइन् ।

उनले भनिन्– २०२८ सालमा बनारसबाट एमएससी अध्ययन पूरा गरेर स्वदेश फर्किएका २२ वर्षे युवा ज्ञानेन्द्र प्रसाद ढकाललाई, घर फर्किएको दिनमै उनका पिता धर्मप्रसाद ढकालसहित नृशंस रुपमा हत्या गरियो । यो घटना अहिलेको जेनजी जस्तै नवयुवा पुस्तामाथि भएको पहिलो राजनीतिक हत्या थियो। त्यसैले ज्ञानेनद्र प्रसाद ढकाललाई पहिलो जेनजी शहीद घोषणा गर्न माग गर्छु ।

तत्कालीन झापा क्रान्तिको चरणमा वर्गशत्रु सफाय अभियान अन्तर्गत जमिनदारको हत्या गर्ने नाममा सो घटना भएको थियो ।