झापा – चालू आर्थिक वर्ष २०८२ र ०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनयता पाँच महिनामा दुई हजार ६ सय २२ मेट्रिक टन अलैँची निर्यात भएको हो । यो अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१ र ०८२ को त्यही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्याङ्अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । यो अवधिमा एक अर्व ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१र०८२ को त्यही अवधिमा दुई अर्व ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।








































