झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा आज दिउंसै लाखौं रुपैंया बराबरको सुन  चोरी भएको छ । आज दिउंसो  बिर्तामोड नगरपालिका ३ स्थित न्यु कञ्चनजंघा टोल बस्ने सृजना सिवाकोटीको घरबाट लाखा्ैं रुपैंयाको धनमाल चोरी भएको हो । घरमा कोही नभएको मौका पारी घरको छतको ढोकाबाट पसी कोठा भित्र रहेको काठको दराजमा राखेको सुनको गरगहना चोरी भएको इप्रका बिर्तामोडले जनाएको छ । शिवाकोटी छोराछोरीको लागि खाजा पुर्याउन स्कुल गएको मौका छोपि चोरी भएको जनाइएको छ । 

चोरीको घटना पश्चात  बिर्ताबजार चौकीबाट असई  सुसान्त पौडेलको कमाण्डमा टोली शिवकोटीको घरमा पुगेको जनाइएको छ ।  काठको दराजको सेभमा राखेको सुनको गरगहना ८ तोला र सामसुंग कम्पनिको मोबाईल थान १ गरी २२, लाख  बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । दिउंसै लाखौंको धनमाल चोरी भएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । 

प्रहरीका अनुसार साढे ३ तोलाको सिक्रि १ थान, डेढ तोलाको सिक्रि १ थान, १० आनीको सिक्रि १ थान, आधितोलाको कानको झुम्का १ थान, चुरा आदि तोलाको १ थान, चार आनीको औंठी १ थान, माइली तिलहरी चार आनाको १ थान, एक आनाको नौ गेडीको १ थान, एक लालको नथी १ थान गरी अन्दाजी ९ तोलाको बिभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा खोजि तिब्र पारिएको प्रहरीले जनाएको छ ।