नवदुर्गा आधारभुत विद्यालय अर्जुनधारा -४ रातेखालका विद्यार्थीलाई जाडाेकाे न्यानाे कपडा वितरण गरिएकाे छ । 

 पाथिभरा ब्याटमिटन गुप्र र जन्मदिनकाे अवसर पारेर बिर्तामाेडका युवा व्यवसायी गाैरीप्रसाद भणडारीले आज जाडाेकाे कपडा बितरण गरेका हुन् । 

IMG-20251229-WA0072

४० जना विद्यार्थीलाई स्विटर वितरण गरिएकाे हाे । विद्यालयका प्रधानध्यापक ताेयानाथ ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत शिक्षक भावना भट्टराईले गरेकी थिइन । 

विपन्न विद्यार्थीलाई सामाजिक उतरदायित्व अन्तरगत आज विद्यालयमै पुगेर सहयाेग गरिएकाे शिबशक्ति टायर रिसाेलिङ उद्योग बिर्तामाेड ६ का सन्चालक भण्डारीले जानकारी दिए । 

IMG-20251229-WA0064

 राजन वाग्लेकाे समन्वयमा आयाेजना गरिएकाे कपडा वितरण कार्यक्रमकाे सन्चालन  विद्यालयकाे साहयक प्र.अ. माया गाैतमले जानकारी दिईन । 

गौरी प्रसाद भण्डारी,प्रकाश रिजाल सुकर्म ज्वेलर्स बिर्तामोड, भीम रिजाल , एम. एस सप्लायार बिर्तामोड, नरेन्द्र ओझा, ओझा ट्रेडर बिर्तामोड लगायतले न्यानाे कपडा वितरण गरेका हुन् ।