इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनले इनरव्हीलको पहिचान र विश्वव्यापी सञ्जालबारे जनचेतना फैलाउने उद्देश्यले इनरव्हील ब्रान्डिङ तथा सचेतना स्टेसन स्थापना परियोजना सम्पन्न गरेको छ।

बिर्तामोड नगरपालिकाको अगाडि रहेको स्टेसनलाई मर्मत–सम्भार तथा नवीकरण पश्चात इनरव्हीलको लोगो सहित पुनःस्थापना गरिएको क्लबकी अध्यक्ष लुना बस्नेतले जानकारी दिईन ।

स्टेसन संरचनामा  गत भदाै २४ गतेकाे  जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो।

FB_IMG_1767180944746

पुनःस्थापना कार्यक्रमको उद्घाटन इनरव्हील डिस्ट्रिक्ट ३५० की जिल्ला अध्यक्ष आईडब्ल्यू कमला श्रेष्ठ र जिल्ला सचिव आईडब्ल्यू बिनिता भट्टराईले संयुक्त रूपमा गरेका थिए ।

परियोजनाको उद्देश्य आम नागरिकलाई इनरव्हील क्लबको गतिविधि, सेवा भाव र अन्तर्राष्ट्रिय पहुँचबारे जानकारी गराउनुका साथै संस्थाको विश्वव्यापी पहिचान प्रवर्द्धन गर्नु रहेको क्लबकी अध्यक्ष  बस्नेतको भनाई छ ।

इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनले सामाजिक सेवा, महिला सशक्तीकरण तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आइरहेको छ।

ब्रान्डिङ तथा जनचेतना स्टेसन स्थापना परियोजनाले इनरव्हीलको सकारात्मक छवि र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।