बिर्तामोड।

झापाको बिर्तामोड ५ मा न्यू डिजाइन सटिङ सुटिङ एण्ड टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । 

पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा उत्पादन हुने खाडी र अल्लोका कपडासहित आधुनिक प्रकारका विभिन्न प्रकारका कपडा सिलाई  गर्दै तयारी पोशाक निर्माण गर्ने उद्देश्यले टेलरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । 

20251231_121212

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सो टेलरिङ सेन्टरको उद्घाटन गरेका छन् ।

ठूलोराम सुन्दास कमल र माया सुन्दासले करिव ४० लाख रुपैयाँ लागानी गर्दै सो टेलरिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् । 

ब्रान्डेड कम्पनीका सटिङ , सुटिङ , ढाकाको कोट र खाडीका  दौरा सुरुवाल, अल्लोका कोट लगायत उच्च स्तरीय सिलाईका साथै रेडिमेट सुट पनि सुपथ मूल्यमा उपलब्ध रहेको सञ्चाल कमलको भनाई छ । 

टेलरिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा स्वागत झापा टेलरिङ व्यवसायी संघका कार्यवहाक अध्यक्ष महेन्द्र दासले गरेका थिए  भने कार्यक्रमको सहजीकरण टेलरिङ व्यवसायी सुवास त्रिखत्रीले गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले व्यवसाय सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनलाई प्रर्वधनमा जोड दिएका थिए । 

जसका कराण स्थानीय उत्पादनको खपत बढे स्थानीय स्तरमा रोजगारीको बातावरण तयार हुने धारणा राखे । कार्यक्रममा वीरजा जेसीजका पूर्व अध्यक्ष घनश्याम चौधरीले मनतब्य राखेका थिए ।