बिर्तामोड, १६ पुस :  बिर्तामोडमा आज सम्पन्न स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि मा.विले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो । निदिले १८ ताेला चाँदि जडित शिल्ड उचालेकाे हाे । 

20251231_133130

शिल्ड प्रिन्सिपल रन्जित शाह, सन्जाेग खरेल सहित विद्यार्थीले ग्रहण गरेका थिए । 

यस्तै वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोश्रो भएको छ । महेन्द्रज्योतिले ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरेको छ । यस्तै वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेश्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ । 

विजेताहरु प्रथम, द्वितिय र तृतियले क्रमश १५ हजार, १२ हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । नगरपालिकाले यस वर्षदेखि विजेताको लागि रनिङ शिल्डकोसमेत व्यवस्था गरेको थियो। 

20251231_132851

विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार  वितरण गर्नु भयो ।

प्रतियोगिता पुस १३ गतेदेखि वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सुरु भएको थियो ।

बिर्तामोड नगरपालिका भित्रका ३९ वटा विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।