झापा जिल्ला सहकारी संघकाे २९ ओैं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीकाे प्रमुख आतिथ्यतामा बिर्तामाेडमा आज संघकाे बार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।

संस्थाका अध्यक्ष प्रेम काेईरालाले सन्चालक समितिकाे प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०८१/२०८२ मा २३ लाख २९ हजार ६ सय रूपैंया नाफा गरेकाे प्रतिबेदनमा उल्लेख छ ।

20260102_114658

संघले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने  सभामा अध्यक्ष  कोइरालाले  प्रस्ताव पेश गरेका थिए ।

संघमा आवद्ध ४९३ वटा सहकारी संस्था यसका शेयरधनी रहेका छन् भने शेयर पूँजी ४ करोड १२ लाख ५१ हजार २०० रूपैयाँ, निक्षेप बचत २१ करोड २२ लाख ३१ हजार ९६४ रूपैयाँ, र कोष हिसाब ८ करोड १८ लाख ३७ हजार २५६ रूपैयाँ पुर्याइएको उल्लेख छ ।


संघले आफ्ना ३२ वटा सदस्य संस्थाहरुलाई १७ करोड ५६ लाख ८४ हजार ५८० रूपैयाँ ऋण लगानी गरेको छ भने असार मसान्तमा २३ लाख २९ हजार ६०६ रूपैयाँ सञ्चालन नाफा गरेको प्रतिवेदनमा उल्लेख छ।

संघबाट ऋण लिएर नतिर्ने ६ वटा सहकारी संस्थाहरु विरुद्धमा झापा जिल्ला अदालतमा मुद्धा दायर गरिएकोमा मुद्धा संघको पक्षमा फैसला हुँदा २ वटा संस्थाले चुक्ता गरेको र ४ वटाले आंशिकरुपमा कार्यान्वय गर्दै रहेको प्रतिवेदनमा जनाइएको छ ।


संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेकाे  समारोहमा  संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले  स्वागत गरेका थिए ।

उक्त सभाको उद्घाटन शत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष तथा सहारा नेपाल साकोस लि.का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी बैंक लिमिटेड, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय

सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष मिनाकुमारी ढकालले नेपालको सहकारी अभियानका विभिन्न विषयमा आफ्ना धारणा राख्नु राखेका थिए ।

सो कार्यक्रममा संघका पूर्व अध्यक्ष हरिचरण बानियाँले जिल्ला संघको नाममा चारपानेमा किनिएको जमिन लावारिस रहेकोप्रति सञ्चालकहरुको ध्यानाकर्षण गराएका थिए ।