बिर्तामोड । झापाकाे  बिर्तामाेड १ का   राजवंशी परिवारले  आफुहरू अन्यायमा परेको भन्दै न्यायकाे माग  गरेका छन् । 

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर   झापामा जग्गा किनबेचको घटनामा विवाद सृजना हुँदा आफुहरू अन्यायमा परेकाे  राजवंशी परिवारले जनाएकाे  हाे  । 

 ‘नक्कली मोही खडा गरिएको’ आरोप लगाउँदै मालपोत कार्यालय भद्रपुर   झापामा असम्बन्धित व्यक्तिहरूले धर्ना बसेपछि जग्गा  पास रोकिँदा  आफुहरू समस्यामा परेकाे बिर्तामाेडमा आयाेजित पत्रकार भेटघाटमा रामबहादुर राजवंशीले जानकारी  दिए। 

यस्ताे  छ  घटना 

भीमवहादुर कार्कीको बिर्तामोड–१ मा दर्ता कायम रहेको ५ बिगाहा ६ कठ्ठा १० धुर जमिन स्थानीय कुडानु राजवंशीले खेती गरे । 

लामो समयसम्म कुडानु राजवंशीले कार्कीको जग्गा जोतभोग गरेपछि तत्कालीन समय अनुसार राजवंशीको नाममा मोहीयानी हक कायम भयो । तीन बिगाहा जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेपनि एक बिगाहा जमिन मात्रै कायम भयो । 

जग्गाधनी भीमवहादुर कार्कीको छोरा वर्ष ६१ को नरवहादुर  कार्कीको नाममा सो जग्गाको श्रेष्ता कायम गरियो । यता कुडानु राजवंशीको पनि निधन हुनु अघि नै उनकी श्रीमती जानाकी राजवंशीको नाममा महियानी हकको श्रेष्ता सारिएको थियो । 

लामो समयसम्म जमिनको भोकचलन गर्दै आएका कुडानुको २०३७ सालमा नै निधन भएपछि सो जग्गा उनकी श्रीमती जानाकीले भोकचलन गरिन् । 

श्रीमानको निधन, देवरहरु स–सानै भएका कारण केही समय सो जग्गा उनले कमाउन सकिनन् । त्यसको केही  समयपछि  जानाकीका देवर सुरनलाल राजवंशीले सो जमिन कमाएका थिए । 

तर, उनलाई सो जमिन कमाउन कार्की परिवारले नै नदिएपछि केही समय उक्त जमिन बाझिएको थियो । तत्कालीन चारपाने–१ को साविक किता नं। १७ भई हाल कायम किता नं। २०४८९ को जग्गामा २०२१ सालको दर्तावाला मोही मेरापति कुडानु राजवंशीको भएको भन्दै भुमिसुधार कार्यालयबाट २०३८ सालमा जानाकी राजवंशीको नाममा बाडफाँड भएको भन्दै भुमिसुधार कार्यालय झापामा आफ्नो जग्गा छुट्याउन भन्दै राजवंशीले निवेदन दिइन् ।

 सोही निवेदनका आधारमा भुमिसुधार तथा मालपोत कार्यालय झापाले राजवंशीको पक्षमा फैसला गर्दै जग्गा दिलाएको थियो । 

आफ्नो नाममा जग्गा आएपछि उनले बाटोसहित ५ कठ्ठा जग्गा घरायासी प्रयोजन देखाउँदै बिक्री प्रक्रिया अघि बढाइन् । तर, उनको जग्गा बिक्री पश्चात पास गर्ने क्रममा रोकिएपछि राजवंशी परिवार अन्यायमा परेको बताउँछन्।  

जानाकी राजवंशी एक्लै भएपछि उनका भतिजा रामबहादुर राजवंशीले जानाकी राजवंशीको रेखदेख गर्दै आएको बताएका छन् ।

 घर बनाउने प्रयोजनका लागि जग्गा बिक्री गरिएको थियो तर, मालपोत कार्यालयमा आफुहरुलाई नक्कली मोही खडा गरिएको भन्दै असम्बन्धीत ब्यक्तिले धर्ना बसेपछि जग्गा पास हुनबाट आफुहरु बन्चित हुनु परेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराए । 

यता भुमिसुधार तथा मालपोत कार्यालयमा पुस १५ गते मंगलबारदेखिनै नक्कली मोही खडा गरी जग्गा धनीलाई थाहै नदिई जग्गा बिक्री गरेको आरोप लगाउँदै केही ब्यक्ति कार्यालयको मुल गेटमा धर्ना बसेका छन् । 


बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा धर्ना बसेको बताइएको छ । यता राजवंशी परिवारले आफुहरुलाई डर, धम्की र त्रास देखाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जीउ ज्यानको सुरक्षाका लागि निवेदन दिएका छन् ।


यता भूमि सुधारले पेशी सूचीमा पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण, मोही लगत कट्टाको निर्णय, मोही नामसारीको निर्णय संलग्न कागजातहरूको आधारमा २०८२ साल मंसीर १५ गते चारवटा मुद्दामध्ये दुई वटा जग्गाधनी र दुई वटा मोहियानीको पक्षमा फैसला सुनाएको थियो।

फैसलामा माथि विवेचित तथ्य प्रमाणहरू, कानुनी व्यवस्था एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतका आधारमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६९१० बमोजिम प्रतिवादी ज।ध। का नाममा दर्ता कायम रहेको चारपाने–१ को सा। कि।नं। १७ को ज।वि। ३–१४–१० जग्गा कि।का। भई दक्षिणतर्फ कायम कि।नं। १७५१ मध्येको कि।नं। २०७५४ को ज। वि। ० १४–० र ऐ। को सा। कि।नं। १७ को ज। वि। ३–१४–१० फोर भई दक्षिण बिचमा कायम कि।नं। १७५० मध्येको कि।नं। २०७५२ को। ज। वि। १ –०–४।५० जग्गा नरघटी वा नरबढि भएमा समेत आधा-आधा हुने गरी उत्तर–दक्षिण कित्ता काट गरी पश्चिमतर्फको आधा जग्गा मोही जानाकी राजवंशीका नाममा कायम गरी पूर्वतर्फको आधा जग्गा जग्गाधनीकै नाममा कायम राखी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ घ बमोजिम मोही र जग्गाधनीबिच बाँडफाँड गरी सम्पूर्ण जग्गाको मोही लगत कट्टा समेत हुने ठहर गरेको फैसलामा उल्लेख छ। 


यता कार्यालयबाट गरिएको सेवा प्रवाह सम्बन्धी गुनासो र निर्णयको विषयमा जग्गाधनी पक्षधरले धर्ना दिएको प्रमुख मालपोत अधिकृत लेवन काश्यप अधिकारीले बताए।

कार्यालयले गरेको निर्णय वा  फैसलाप्रति चित्त नबुझेको खण्डमा माथिल्लो निकाय जान पाउने कानुनी प्रावधान छ। तर, उहाँहरू उच्च अदालत नजाने यहीबाटै सो निर्णय सच्चाउनु पर्ने माग राख्दै धर्नामा बसेकाे बताए । 


एक पटक कार्यालयले गरिसकेको निर्णय यहीबाटै सच्चाउन नपाइने कानुनी प्रावधान रहेको बताउँदै उनले भने, ‘कुनै पनि न्यायिक प्रक्रियामा दबाब दिएर समस्याको समाधान हुँदैन, यस बारेमा उहाँहरूसँग छलफल भइरहेको छ र छिट्टै टुङ्गो लाग्नेछ।’

भूमिसुधार दुवै पक्षबीच परेको चार वटा मुद्दामध्ये दुईवटा जग्गाधनीको पक्षमा र दुई वटा मोही पक्षमा फैसला भएको हो। ‘जग्गाधनी जस्तै भोलि मोही पक्षले पनि हुलदङ्गा गरेर निर्णय सच्याउनु पर्छ भन्दै आएको खण्डमा हामी कहाँ मान्छौ त,’ उनले भने। 

जग्गाधनी पक्षधरले भूमिसुधारले गरेको निर्णय सच्याउनु पर्ने र जग्गा हत्याउने खोज्ने संलग्न भूमाफियाहरुलाई कानुनी कारबाहीको दायरमा ल्याउनुपर्ने माग राख्दै धर्ना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।