बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सहकारीका सदस्यहरुलाई उद्यमशिल बनाउनुपर्नेमा जाेड दिएका छन् ।

उनले सदस्यलाई उद्दमसँग जाेड्दै उनीहरूकाे जिवनस्तर उकास्न आवश्यक रहेकाे उल्लेख गरेका हुन् । 

आज बिर्तामाेडमा झापा जिल्ला सहकारी संघको २९औँ साधारणसभाकाे उद्घाटन गर्दै  प्रमुख अतिथी समेत रहेका गिरीले झापाका सहकारीहरुलाई ब्राण्डिङ गर्नुपर्ने बताएका हुन् । 

 सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले  झापाका सहकारीहरुलाई सञ्चालनका लागि केहि मोडेल विकास गर्नुपर्ने र झापा जिल्ला सहकारी पर्यटनको क्षेत्र हो भन्ने कुराको वकालत र लविङ गर्नु पर्नेमा  जोड  दिए ।

उनले सहकारीले धेरै बिपन्न नागरिककाे जिवनस्तर उकास्न ठुलाे भुमिका निर्वाह गरेकाे चर्चा समेत गरे ।