झापा

 जिल्ला झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक नजिक दास पुल छेउमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मिति २०८२ साल पुस ९ गते राति करिब २२:३० बजे शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नालिमा पस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी अन्दाजी ३० वर्षका बुद्ध तामाङ र पछाडि सवार सोही नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षका मोहनराज कार्की घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मिति २०८२ साल पुस १८ गते दिउँसो १३:०० बजे मोटरसाइकल चालक बुद्ध तामाङको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पश्चात् मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको थियो। पोस्टमार्टम सम्पन्न भएपछि शव आफन्तले बुझिलिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।