माईखोला पुल  नजिक शंकास्पद बस्तु  फेला 

मिति २०८२/०९/१९ गते ६.३०  बजे तिर  झापा जिल्ला कन्काई  न.पा.-४ , स्थित माईखोला पुल  नजिक शंकास्पद बस्तु कालो झोलामा प्याक गरिएको अव्स्थामा  फेला परेको छ  ।  

आज बिहान कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अबस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शंकास्पद वस्तु फेला परेको हो ।


प्रहरीले उक्त शंकास्पद बस्तु स्थानियले देखेर  खवर गरेकाे जनाएकाे छ ।   अरिदमन गण चाराआलीबाट  नेपाली सेनाको बम डिस्पोजल टोली  घटनास्थल तर्फ प्रस्थान गरेको प्रहरीले जनाएकाे छ ।