बिर्तामोड ।
इलाका प्रहरी कार्यलय बिर्तामाेडले पछिल्लाे साता प्रशासनले दिएको समयको अवज्ञा गर्दै आइरहेको भन्दै बिर्तामोडमा सञ्चालित डान्सबारमा छापा मारेको छ ।
प्रहरीले बिर्तामाेडका तीनवटा डान्सबारमा छापा हानेकाे हाे । रूपेश राजवंशीले सन्चालन गरेकाे जन्नत, भरत राजवंशीले सन्चालन गरेकाे नाईट लाईफ र राम रावंशीले सन्चालन गरेकाे तृष्णामा प्रहरीले राती छापा मारेकाे हाे ।
ती डान्सबारबाट प्रहरीले ९ थान सेट (वाकीटकी) नियन्त्रणमा लिएकाे छ ।
प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार खोलेर सञ्चालन गरिरहेको भेटेपछि नाईट लाईफबाट दुई जनालाई समेत नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीकाे संरक्षणमा राती अबेर सम्म डान्सबार सन्चालन भइरहेकाे जनगुनासाे आएपछि प्रहरीले डान्सबारमा कडा निगरानी गर्न सुरु गरेको जनाएकाे छ ।
एक साताको अवधिमा प्रहरीले दुईवटा डान्सबारबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
गएराति १२ बजे समय पछि बिर्तामोड-१ पश्चिम स्टेन्ड नजिक रहेको द नाईट लाईफ नामको डान्सबारबाट प्रहरीले तास खेलिरहेकाे आशंकमा दुईजनालाई नियन्त्रणमा लिएको इप्रका बिर्तामाेडका डिएसपी बिजय श्रेष्ठले जानकारी दिए ।
प्रहरीले सो डान्सबारबाट अर्जुनधारा-६ बस्ने हरेन राजवँशी र बिर्तामोड-४ बस्ने चन्द्रमणि प्रसाईंलाई पक्राउ गरेको छ । राजबंशीको साथबाट ३४ हजार ७०० नगद, २ थान तास र प्रसाईंको साथबाट ७ हजार ५०० नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोड प्रहरीले पाँच दिन अघि पनि डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको थियाे ।
डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोल बजार-१ बका २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरेको थियाे । तर प्रहरीले उनीहरूलाई भेलीपल्टै छाडेकाे थियाे । जुन घटनाकाे निन्दा समेत भएकाे थियाे ।








































