बिर्तामोड ।
कनकाई पुल नजिकै फेला परेको शंकास्पद वस्तु नजिकै सनातन सुरक्षा सेना नेपालको पर्चा भेटिएको छ ।
आज बिहान पुल नजिकै फेला परेकाे शंकास्पद वस्तु नजिकै विभिन्न माग राखिएकाे पर्चा भेटिएकाे हाे ।
सनातन सुरक्षा सेना नेपालको नाममा जारी घोषणा पत्र लेखिएको पर्चामा नेपालमा राजा संस्था पुनः स्थापना र वैदिक सनातन हिन्दू राष्ट्र घोषणा नभएसम्म विरोध जनाइरहने उल्लेख छ ।
पर्चामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरिएको लेखिएको छ ।
धर्मनिरपेक्ष तथा गणतान्त्रिक व्यवस्था नेपालको इतिहास, सभ्यता, संस्कृति र वैदिक सनातन पहिचानविरुद्ध थोपारिएको व्यवस्था हो ।
जनताको आस्था, परम्परा र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने यस्ता संरचनालाई सनातन सुरक्षा सेना कुनै हालतमा स्वीकार गर्दैन, पर्चामा उल्लेख छ ।








































