झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक आज बिहान भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएकाे छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हाे ।
कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो ।

बिहान ६ बजे स्थानीयवासीले खबर गरेपश्चात उक्त स्थानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट गएको प्रहरी टोलीले एरिया कर्ड गरेको थियो ।
अरिदमन गणका गणका सेनानी आनन्दकुमार श्रेष्ठको कमाण्डमा गएकाे बम डिस्पोजल टिम र १० जनाको फौजले केही समय अघि बम डिस्पोज गरेकाे गणले जनाएको छ ।
शंकास्पद वस्तु डिस्पाेज गर्ने क्रममा केही समय पूर्वपश्चिम राजमार्गमा यातायात बन्द गरिएको थियो ।
अहिले राजमार्ग सुचारु भइसकेकाे जनाएकाे छ । सो शंकास्पद वस्तुसंगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियाे ।








































