भूतपूर्व बिद्यार्थी समाज, महेन्द्र-रत्न मा.वि. अनारमनीकाे अध्यक्षमा मदन गाेपाल सुब्बा चयन भएका छन् ।
बिर्तामाेड ३ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयमा आज सम्पन्न समाजकाे तेस्राे बार्षिक साधरणसभा तथा दाेस्राे अधिबेशनबाट सुब्बा सर्व सम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा रुपक गोदार थापा, सचिवमा भु बिक्रम बस्नेत, कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सुशिल कुमार बस्नेत, बाबुलाल अग्रवाल, कमलराज बिमली, भावना आचर्य घिमिरे, ईन्दिरा भट्टराई गिरि, शारदा न्यीपाने , शोभा आचार्य, कृष्ण राजवंशी, गोपाल दाहाल, किशोर मैनाली, शान्ता चुडाल खरेल चयन भएका छन् ।
समाजकाे अध्यक्ष राजकुमार पाेखरेलकाे अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरिचरण शिवाकाेटीकाे प्रमुख आतिथ्यतामा उद्घघाटन समाराेह सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीले स्थापना गरेकाे अक्षयकोषमा सहयाेग गर्ने दाता माधवप्रसाद सिटाैला २०३५ एसएलसी ब्याज, बिनाेद कुमार पाेखरेल २०३४ , हेमकुमार निराैला २०४३ र एसएलसी ब्याज २०३५/ ३६ काे समूह तेजेन्द्र थापाकाे टिमलाई प्रशंसापत्र सहित सम्मान गरिएकाे थियाे ।

त्यस्तै कार्यक्रममा शिक्षकहरूलाई पनि सम्मान गरिएकाे छ । विद्यालयका प्र.अ. खड्गप्रसाद खरेल, शिक्षक भाेजराज दाहाल, नेत्रप्रसाद खरेल र युवराज कट्टेललाई प्रशंसा पत्र सहित सममान गरिएकाे थियाे ।
समाजका अध्यक्ष राजकुमार पाेखरेल र प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरिचरण शिवाकाेटीले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकाेटी, विद्यालयका पुर्व प्र.अ. देबेन्द्र गाैतम, प्र.अ. खड्ग प्रसाद खरेल लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा समाज स्थापनामा सहयाेग गर्ने सहित सबैमा अध्यक्ष पाेखरेलले धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रमकाे सन्चालन समाजका सचिव माेहन शिवाकाेटीले गरेका थिए ।
त्यस्तै भुतपुर्व विद्यार्थी स्मारिका (महेन्द्र रत्न प्रेरणा पुन्ज)काे बिमाेचन समेत गरिएकाे छ ।
स्मारिकामा पुर्व विद्यार्थी र शिक्षकका लेखहरू समावेश गरिएकाे छ । यहि पुस २४ गते समाजले वनभाेज कार्यक्रम काे समेत आयाेजना गरेकाे जनाइएकाे छ ।








































