झापा

झापाकाे बिर्तामाेड ४ मा मुख्य कार्यालय रहेकाे सिम्रिक  बचत तथा ऋण सहकारी संस्थाले जाडो मौसममा चिसोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

आज सिम्रिकले झापाकाे गाैरीगंजकाे एक  र माेरङकाे एक गरी दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको  जनाएको छ ।

FB_IMG_1767536318330

सामाजिक उत्तरदायित्वअन्तर्गत गाैरीगंज गाउँपालिका १  चौरी स्थित श्री पृथ्वी नारायण प्राथमिक विद्यालय र मिक्लाजुङ्ग गाउँपालिका वडा नं. २, तिल्केनी स्थित श्री भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको साकाेसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

FB_IMG_1767536274093

कार्यकारी प्रमुख बस्नेतले  सहकारी आर्थिक गतिविधि सञ्चालनमा मात्र केन्द्रीत नभई सामाजिक कार्यमा पनि अग्रसर हुंदै आएकाे उल्लेख गरे । 

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै चिसो मौसममा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बस्नेतले बताए ।

FB_IMG_1767536289883

गाैरीगंज १  वडाध्यक्ष कात्तिक लाल राजवंशीकाे प्रमुख आतिथ्यतामा पृथ्वी नारायण प्रा.बि.मा र मिक्लाजुङ्ग गाउँपालिका वडा नं. २ का वडाध्यक्ष  बल बहादुर श्रेष्ठकाे  प्रमुख आतिथ्यतामा भगवती आधारभुत विद्यालयमा जाडाेकाे कपडा ज्याकेट बितरण गरिएकाे संस्थाले जनाएकाे छ ।

अति विपन्न  समुदायका विद्यार्थी अध्ययरत सो विद्यालयमा सहकारीले न्यायो कपडा वितरण गरेको भन्दै वडाध्यक्षहरूले सिम्रिक साकाेसकाे प्रशंसा गरेका थिए ।

संस्थाका अध्यक्ष सुबास भट्टराईले  विगतका केही बर्षदेखि सहकारीले  विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयलाई लक्षित गरेर मातहतका सेवा केन्द्र मार्फत न्यायो कपडा र स्वास्थ्य शिविर कार्यक्रम आयोजना गदैै आएको जानकारी दिए ।

सिम्रिकले झापा, माेरङ, ईलाम र पाँचथर जिल्लाकाे ४६ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेकाे छ ।

संस्थाले प्रत्येक बर्ष जाडाेकाे न्यानाे कपडा, शैक्षिक सामग्री, स्वास्थ्य शिबिर सहित विभिन्न सामाजिक कार्य गर्दै आएकाे छ ।