निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापा शाखाले आगामी पुष २४ गते बिर्तामोडेमा ३५ औं स्थापना दिवस मनाउने भएको छ ।

प्याब्सनको स्थापना दिवसमा गायन, सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य र गायनका प्रतिस्पर्धाहरू गरिने जनाइएको छ ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने “यस वर्षको स्थापना दिवसको विशेष आकर्षण भनेको सांस्कृतिक प्रतियोगिता र गायन हो । यसमा झापा जिल्लाका १४ पालिकाका विद्यार्थीहरू सहभागी हुनेछन् ।”
उक्त अवसरमा अर्जुनधारा पालिकालाई उत्कृष्ट पालिका पुरस्कार र एक जना पत्रकारलाई पनि सम्मान गरिनेछ भने १५ जना ४ जीपीए प्राप्त विद्यार्थीलाई पनि सम्मानित गरिनेछ ।
कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।










































