झापाको बुद्धशान्तिमा जंगली हात्ती मृत फेला परेको छ ।
बुद्धशान्ति वडा नम्बर ३ स्थित आज बिहान कालिका सिमसार जाने बाटोमा हात्ती मृत फेला परेकाे हाे ।
स्थानीय डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय बुधवारेका प्रहरी नायव निरीक्षक चन्द्र राउतको कमाण्डमा प्रहरी टोली गएको र वन कार्यालयकाे टाेली पनि फिल्लाडमा पुगिसकेकाे प्रहरीले जनाएको छ ।










































