झापा

बिर्तामोडमा एक जना कारोबारी ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो बिर्तामोड वडा नं १ सूर्यनगर टोल काली मन्दिर बस्ने ४० वर्षीय अजय राजवंशी ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका हुन् । राजवंशीको साथबाट र घरभित्र लुकाई छिपाई राखेको प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिकबाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । 

राजवंशीको घर कोठामा लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरिएको जनाइएको छ । 

त्यस्तै उनको साथबाट नेपाली नोट २ लाख ६७ हजार,भारतीय नोट रु २९ हजार ५०० ,डिजिटल तराजु थान–१, कैँची थान–१, चक्कु थान–१, मोबाईल थान–२ समेत फेला पारेको प्रहरीले जनाएको छ । 

 राजवंशीमाथि थप अनुसन्धानकालागि उनलाई इप्रका बिर्तामोडमा राखिएको जनाइएको छ । 

eab10174-8bb6-4105-8a6f-2e1e36f032a5