गोमेन्द्र बिर्ता मोडेल विद्यालयका संस्थापक गणेश प्रसाद खनालको निधन भएकाे छ ।
झापाका पुराना शिक्षासेवी खनालकाे आज मृत्यु भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनकाे ८४ बर्षकाे उमेरमा निधन भएकाे हाे । १९९८ असार ३ गते जन्मिएका खनालकाे निधनले शिक्षा क्षेत्रमा ठुलाे क्षति पुगेकाे जनाइएकाे छ । उनका दुई छाेरा डा. रूपक र उत्तम खनाल शिक्षा क्षेत्रमै छन् ।
गोमेन्द्र परिवारले पनि खनालकाे निधनप्रति शोक र अपूरणीय क्षति पुगेको जनाएकाे छ। खनालकाे दूरदर्शी सोच र शिक्षा प्रतिको समर्पणले हजारौं विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुगेकाे छ ।









































