झापामा बम राखेर  आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने   झापाको कन्काई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएकाे प्रहरी टाेलीले हिजाे शुक्रबार साँझ प्रकाउ गरेकाे हाे । 

पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गण स्थित नेपाली सेनाले त्यति बेला  निष्क्रिय पारेको थियाे । 

प्रेसर कुकर बमसंगै  सनातन सुरक्षा सेना नेपालको पर्चा समेत  भेटिएको थियाे । 

खरेल यश अघि पनि  पटक पटक पक्राउ पर्दै छुट्दै आएका ब्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ । 

  २०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए । 

पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। 

खरेलले पछिल्लो केही बर्ष देखि  झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएकाे जिल्ला प्रहरी कार्यलय झापाका प्रबक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।  

२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएकाे पाईएपछि  २०८१ साल चैत्रमा प्रकाउ परेका थिए । उनी जेनजी आन्दाेलनकाे क्रममा सुनसरीकाे झुम्का कारागारबाट कैद भुक्तान गरिरहेकाे अवस्थामा फरार रहेकाे पनि प्रहरीले जनाएकाे छ ।