नेपाल युवा उद्यमी मञ्च झापा च्यापटरको आयोजनामा आज झापाको बिर्तामोडमा एक दिने नेपालको आगामी पुस्ताको अर्थतन्त्र विषयक नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । 

  झापा च्याप्टरद्वारा आगामी पुस्ताको अर्थतन्त्रः उद्यमी, नीति र पुंजी शीर्षकमा उच्चस्तरीय प्यानल छलफल कार्यक्रम भएको हो । कार्यक्रममा नीति, वित्त, कानून तथा निजी क्षेत्रका अनुभवी नेतृत्वलाई  एकै मञ्चमा भेला गराई नेपालको उद्यमशीललाई बृहत तबरले माथि उठाउने वातावरण सृजना गर्ने बिषयमा छलफल भएको थियो । 

उक्त प्यानलमा डा. युवराज संग्रौला, कार्यकारी निर्देशक तथा प्रिन्सिपल, काठमाडौँ स्कुल अफ ल र पूर्व महान्यायाधिवक्ता डा. इन्द कुमार कट्टेल, प्रमुख कार्यकारी अधिकृत, एक्सेल डेभलपमेन्ट बैंक सुदिप घिमिरे, कार्यकारी निर्देशक, एसजी ग्रुप तथा अध्यक्ष, र राजु न्यौपाने, अध्यक्ष, बिर्तामोड उद्योग बाणिज्य संघबाट सहभागी रहेका थिए । 

उनीहरुले राज्यको नीति, नियम स्पष्ट नहुंदा ब्यापारी , उद्योगीलाई सरकारले हेर्ने नजर गलत भएको आरोप लगाए । उनीहरुले राज्यको अस्पष्ट नीतिका कारण उद्योगी , व्यवसायीमाथि अनेकौं कर थुपार्ने, कुनै पनि सुविधा नदिने लगायतका समस्याका कारण  धेरै नै दुःख पाइरहेको धारणा राखेका थिए ।  राज्यले उद्योगीलाई तस्करको जस्तो ब्यवहार गर्ने , उद्योगी उपभोक्ता बिरोधि हुन्छन्, फटाह हुन् भन्ने ब्युरोक्रेसी खडा गरिरहेको डा. संग्रौलाले आरोप लगाए ।  

कर प्रणाली सरलीकरण, डिजिटल तथा समयबद्ध स्वीकृक्ति प्रक्रिया, सम्झौता कार्यान्वयनको प्रभावकारिता वृद्धि र लगानीकर्ताको संरक्षण सुदृढीकरण जस्ता लक्षित सुधारले व्यवसायिक बातावरणमा ठूलो सुधार ल्याउन सक्नेमा उनीहरुको जोड थियो । 

WhatsApp Image 2026-01-09 at 19.39.14

बक्ताहरूले नीति, वित्तीय संस्था र उद्यमीबीचको सह‌कार्यलाई अझ सुदृढ गरी नीति कार्यान्वयनलाई परिणाममुखी बनाउनु पर्नेमा पनि जोड दिएका थिए ।  एकद्वार डिजिटल सेवा, पारदर्शी नियमन, साना तथा मझौला उद्यमका लागि पूँजी पहुँच विस्तार लगायतका बिषयमा कार्यक्रममा चर्चा गरिएको नेपाल युवा उद्यमी मञ्च झापाका प्रथम उपाध्यक्ष मिजास पोखरेलले जानकारी दिए । 

प्यानल डिस्कसन अघि भएको उद्धघाटन समारोहमा कार्यक्रमका बिशिष्ट अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए ।