झापाकाे भद्रपुर स्थित ऐतिहासिक चन्द्रगढमा बृहत सरसफाई गरिएको छ । चारआली ब्यारेकस्थित श्री अरिदमन गणको अगुवाईमा आज भद्रपुर –१० स्थित ऐतिहासिक चन्द्रगढमा सरसफाई गरिएको हो ।
‘३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा बृहत सरसफाई गरिएको गणले जनाएकाे छ ।
सरसफाई कार्यक्रममा उक्त गणका सकलदर्जा– ७०, नेपाल प्रहरी–२०, सशस्त्र प्रहरी बल नेपाल–२०, स्थानीय पत्रकार, एनसीसी अल्मुनाई एशोसिएसन झापाका बिद्यार्थी–२० र स्थानीयबासी–५० जना गरी जम्मा १८५ जनाको उपस्थिति रहेको थियो ।

उक्त सरसफाई कार्यक्रममा श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सुरक्षा निकायका अन्य प्रमुखहरु, भद्रपुर नगरपालिका वडा नं.१० का वडा अध्यक्षको समेत सहभागिता रहेको थियो ।
उक्त चन्द्रगढ दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ रहेको छ ।
त्यसैगरी १८ औं शताब्दीमा किरात धर्मावलम्बीहरुले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी शहरको नाम रहन गएको बताईन्छ ।









































