झापाको अर्जुनधारा नगरपालिका–६स्थित बाल कल्याण आधारभूत विद्यालयले लोगो सार्वजनिक गरेको छ । विद्यालयको रजत वार्षिकोत्सवलाई लक्षित गरि 

आज शनिबार एक कार्यक्रमकोबीच लोगो सार्वजनिक गरिएको हो । विद्यालयले  आगामी माघ २७ गते रजत जयन्ती मनाउंदै छ । प्रमुख अतिथि अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले लागो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक गरिएको लोगोमा २५ वटा तारा, विद्यालय र एक जोडी परेवाको चित्रसहित २५ अंक समावेश छ । 

 २०५७ सालमा स्थापना भएको विद्यालयको रजत वार्षिकोत्सवको तयारी र  वार्षिकोत्सवको अवसरमा विद्यालयले गर्ने विभिन्न विषय बारे सबैलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक डम्बर यादवले बताए । 

WhatsApp Image 2026-01-10 at 17.28.19

उनले दाताहरुको सहयोगमा सञ्चालित विद्यालयलाई धेरै कठिनाई र संघर्षका बापजुत यहाँ सम्म ल्याइ पुर्याइएको स्मरण गरे । उनले रजत महोत्सव सफल बनाउन सामाजिक ब्यक्तित्व, समाजसेवी, बुद्धिजिवि सहित अभिभावकलाई आर्थिक सहितको सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले महोत्सव सम्पन्न गर्न करीब १० लाख खर्च लाग्ने अनुमान गरिएको बताउंदै सबैले सकेको सहयोग गर्न आग्रह गरे । उनले आफ्नो तर्फबाट ब्यक्तिगत २१ हजार रुपैंया दिने समेत घोषणा गरेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक एवम् निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, वार्षिकोत्सव मूल आयोजक समारोह आर्थिक उपसमितिका संयोजक गोपाल चुँडाल लगायतले आफ्नो धारणा राखेका थिए । प्रधानाध्यापक यादवले विद्यालयको पृष्ठभूमि, वार्षिकोत्स्वको तयारीसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मदनकुमार निरौलाले गरेका थिए । विद्यालयमा हाल १८२ जना विद्यार्थी अध्ययनरत छन् ।