हल्दिबारी : झापाको हल्दिबारी गाउँपालिकामा १६ ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । आज सोमबारबाट हल्दिबारी १ गोलधाप स्थित जन जागृति मा।वि।को खेल मैदानमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेनले पानसमा बत्ती बालेर गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पढाईको अलवा खेलकुदले विद्यार्थीको ब्यक्तित्व, स्वास्थ्य, र विद्यार्थीको क्षमता प्रस्फुटनमा ठुलो मदत पुग्ने प्रमुख अतिथि लिङदेनले बताए ।
प्रतियोगिता ३० गते समापन हुनेछ । प्रतियोगितामा हल्दिबारी पालिका क्षेत्रका सामुदायिक तथा संस्थागत गरि १५ वटा विद्यालयहरूका विद्यार्थीको सहभागिता छ ।
विद्यार्थीले भलिबल, कबड्डी, १ सय, २ सय, ३ सय, ४ सय, ८ सय, १५०० सय, ३ हजार मिटर दौड, मिनि रिले दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याम्लिङ थ्रो, सटपुट, कराँते लगायतका विधामा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका छात्र , छात्राको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक सन्तकुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हल्दिबारी पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सचिव रामबहादुर दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सन्चालक शिक्षक झमक तिम्सिनाले गरेका थिए । कार्यक्रममा हल्दिबारी पालिकाका प्रमुख लिङ्देन, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन ९ महेन्द्र० , हल्दिबारी मा।वि। का प्र। अ। टंकबहादुर प्राखिन, नेकपा एमाले हल्दिबारी अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मनतब्य राखेका थिए । यहाँ बिजेताले जिल्लामा हुने प्रतियोगितामा भाग लिन पाउने जनाईएको छ ।








































