कृषि जन्य बस्तुको उत्पादनदेखि बजारीकरणमा देखिंदै आएको विविध समस्याको हल गर्ने उदेश्य सहित नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला निकायलाई एकै ठाउंमा राखेर छलफल सुरु गरेको छ । 

महासंघले नेपाल अलैंची व्यवसायी महासंघको समन्वयमा मंगलबार झापाको बिर्तामोडबाट छलफल तथा अन्तरक्रिया गरेको हो ।  पहिलो चरणमा कृषि जन्य बस्तु अलैँचीको सुरुवाती खेती अवस्थादेखि अन्त्य सम्ममा देखिदैं आएका समस्यालाई सामधान गर्ने उदेश्य अनुरुप कार्यक्रम सुरुवात गरिएको नेपाल उद्योग वाणिज्य महासंघका प्रोजेक्ट मेनेजर रोशन नेपालले जानकारी दिए । 

WhatsApp Image 2026-01-28 at 07.26.06

अलैंची किसान, निर्याकर्ता, संकलनकर्ता, व्यवसायी, प्लान्ट क्वारेनटाइन, भन्सार , कृषि ज्ञान केन्द्र, अलैंची विकास केन्द्र, स्थानीय सरकार, वाणिज्य संघ, राष्ट्यि कषि आधुनिकीकरण परियोजना, सुपरजोन लगायतका सरोकारवालालाई एकै ठाउंमा राखेर  छलफल तथा अन्तरक्रिया गरिएको हो । 

छलफलबाटै हुन सक्ने समस्याको समाधान स्पोटबाटै र बांकी वणिज्यसंघको समन्वयमा कृषक र व्यवसायीका समस्या तथा उनीहरूले दिएका समाधानका उपायलाई सरकारसम्म पु¥याउने लक्ष्यसाथ अन्तक्र्रिया थालेको बताइएको छ ।  

कार्यक्रममा अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता रहेको बक्ताहरुले धारणा राखेका थिए । 

WhatsApp Image 2026-01-28 at 07.26.07 (1)

कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग समितिका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्काले नीति निर्माण गर्ने निकायमा अलैँचीका समस्या बुझ्ने व्यक्तिको प्रतिनिधित्व नहुँदा समस्या भएको बताए । 

अलैँची खेती, उत्पादन, प्रशोधन, ग्रेडिङ तथा बजारीकरणमा कृषकले गुनासो राख्दै आउने, सरकारी निकायले अलैँचीको अन्तर्राष्ट्रिय बजार खोजीमा उपयुक्त पहल नगर्ने, अलैँचीको बजारमा भारतको एकाधिकार रहने अवस्था अन्त्यको प्रयासस्वरुप नेपाल अलैंची व्यवसायी महासंघले नीजि क्षेत्रबाट समस्या पहिचानको कार्य केहि बर्षदेखि नै थालेको भए पनि सरकारी पक्षबाट सहयोग नपाइएको महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराइले  दुःखेसो पोखे । देशमा उत्पादित ठुलो मात्रामा अलैंची भारत सहितको मुलुकमा निर्यात भइरहेको बताउंदै नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपालले सबै तहका सरकारले अलैंची खेती देखि बजार सम्मका समस्यालाई निराकरण र प्रबद्धन गर्न आवश्यक रहेको धारणा राखे । 

WhatsApp Image 2026-01-28 at 07.28.50

अन्तक्रियामा सहभागी कृषक तथा व्यवसायीले प्राविधिक ज्ञानको अभावले सही तरिकाले खेती गर्न, माटो परीक्षण गरी अलैँचीको उपयुक्त प्रजाति रोपण गर्न नसकेको, अलैँचीको बिरुवामा देखिने समस्या विषादी प्रयोगले समाधान नभएको जस्ता गुनासो राखे।

पछिल्ला वर्षमा अलैँचीको बगान नै सुक्ने, अलैँचीको दाना कुहिनेजस्ता नयाँ समस्या देखिएको, अलैँचीको मूल्यमा आइरहने उद्धार चढाबका बिषयमा बोलेका थिए । 

WhatsApp Image 2026-01-28 at 07.26.07

त्यस्तै रोंग गाउंपालिका अध्यक्ष मणिकुमार स्यागंबोले पनि नक्कली किसानका कारण बास्तीक किसानलाई समस्या भएको उल्लेख गरे । उनले किसान पहिचान र सम्बन्धीत खेती प्रणालीका बिषयमा कृषकलाई सामान्य ज्ञान दिने हिसाबले पालिकाले काम गरिरहेको बताए । उनले गुरु किसान कार्यक्रम सन्चालन गरिरहेको बताउंदै कृषिजन्य उत्पादनदेखि बजारीकरणकालागि रोंगले काम गरिरहेको बताए । तर स्थानीय सरकार मात्र नभई उपल्लो सरकारको स्वंम किसानको पनि जागरुकता बढ्न आवश्यक रहेको औंल्याए । 

समस्या समाधानका लागि महासङ्घले पछिल्लो समय अलैँचीको घरेलु खपत बढाउने कार्यक्रमलाई अभियानका रुपमा समेत अघि बढाएको महासंघले जनाएको छ । यस्तै अलैँचीको ग्रेडिङ र गुणस्तरीय उत्पादनमा समेत महासङ्घले कृषकलाई सहयोग गर्दै आएको महासंघका कार्यकारी अधिकृत अनिल ढुगांनाले जानकारी दिए । 

नेपालबाट चालु आर्थिक बर्षमा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार मुल्य बराबरको अलैंची निर्यात भएको छ ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणी पोखरेल, मेची भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा  प्लान्ट क्वारेनटाइन कांकरभिट्टाका प्रमुख देबेन्द्र शाह , कृषि ज्ञान केन्द्र प्रमुख महेश चौधरी , अलैंची विकास केन्द्र प्रमुख राजु ढकाल,  राष्ट्यि कषि आधुनिकीकरण परियोजना सुपरजोनका प्रमुख नवराज गुरुगं लगायतले फोरममा उठेका प्रशनको जवाफ दिएका थिए ।  महासंघका बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद चिमरियाले स्वागत गरेको कार्यक्रमको सन्चालन महासचिव प्रज्वल बिमलीले गरेका थिए ।