गौरीगञ्ज । 

झापाकाे बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाकाे आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
  गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जीबारीस्थित बालकल्याण माध्यमिक विद्यालयको परिसरमा मङलबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको सिम्रिक साकाेसले जनाएकाे छ ।
FB_IMG_1769576452269
आँखा, नाक, कान र घाँटीको एक दिवसीय निःशुल्क शिविर सम्पन्न गरिएको संस्थाका आईटी सहायक विजय पाण्डेले जानकारी दिए ।
दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आँखा जाँचतर्फ १८७ जना विरामीको परीक्षण गरिएकोमा सोमध्ये ३२ जनालाई मोतिविन्दु भएको पाइएको थियो ।

उनीहरुई सहुलियत दरमा शल्यक्रिया गराउने गरी अस्पता रिफर गरिएको संस्थाका जनसम्पर्क अधिकारी विजय बस्नेतले जानकारी गराए ।

सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले आफ्ना सेवाकेन्द्र मार्फत वपन्न समुदायका नागरिककालागि लक्षित गरेर शिबिरकाे आयाेजना गरिएकाे संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

जम्मा २६० जनाले सेवा लिएको सो स्वास्थ्य शिविरमा नाक, कान र घाँटीतर्फ ७३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

यस अघि पनि सामाजिक क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम गरिरहेकाे संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।