श्रीकृष्ण प्रणामी व्यवसाय संघ नेपाल जिल्ला कार्य समिति झापाको आयोजनामा प्रेमभोज कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला भरिका प्रणामी व्यवसायीहरु बिच प्रेम सद्भाव , एकता र एक अर्काबिच परिचित गर्ने उदेश्य अनुरुप जामुनखाडी सिमसारमा प्रेमभोज कार्यक्रम गरिएको श्रीकृष्ण प्रणामी व्यवसाय संघ झापाका अध्यक्ष टहलदास ओलीले जानकारी दिए । 

सत्संग परिषद झापाका अध्यक्ष विष्णु प्रसाईको  प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम भएको थियो । कार्यक्रममा  प्रणामी व्यवसाय संघ नेपालका केन्द्रिय सदस्य मनोज बजगाई , श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक बुद्धि प्रकाश महाराजजी ,  नारायण चौहान महाराजजी, पण्डितजी हरि प्रसाद अर्याल, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालकी केन्द्रिय सदस्य मिरा अधिकारी ओली , झापा जिल्ला अध्यक्ष शान्ता मैनाली, युवा परिषद झापाका अध्यक्ष समर्पण

खतिवडा,  सेवा समिति नेपाल प्रदेश समिति सदस्य हेमन्त ढकाल, सलकपुर मन्दिरका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, राम प्रसाद गजुरेल, झापा क्षेत्र नं २ का उम्मेद्बार अधिवक्ता स्वागत नेपाल , सत्संग सेवा परिषद झापाका महासचिव काली प्रसाद रिजाल,  कोषाध्यक्ष दिपेन्द्र अधिकारी, सदस्यहरु दिनोज बजगाई(राजु सिलवाल, सिताराम पोख्रेल, मोहन उप्रेती, प्रणामी व्यवसाय संघ झापाका कानुनी सल्लाहकार बेनुप सिटौला, विजय ढुंगाना, उद्योग बाणिज्य संघ बिर्तामोडको  उपाध्यक्ष गोमा भट्टराई लगायतको आतिथ्यता रहेको थियो । 

WhatsApp Image 2026-01-28 at 19.20.02

 कार्यक्रमको व्यवस्थापन तथा संयोजक संघका उपाध्यक्ष दिपक शिवाकोटी , सह संयोजक उपाध्यक्ष गोविन्द कट्टेल साथै सदस्यहरु(दिपक उप्रेती , लय कडरिया, घनश्याम मैनाली, निर्मला गिरी, मातृका बजगाई रहेका थिए । 

कार्यक्रम संचालन सचिव चेतन खतिवडा तथा स्वागत मन्तव्य उपाध्यक्ष गोविन्द कट्टेलले गरेका थिए । कार्यक्रममा मनोरन्जनकालागि  तातो आलु, म्युजिकल चियर हण्डीफोर लगायतका खेलहरु खेलाइएको थियो । तातो आलु खेलमा प्रथम श्याम बस्नेत ,दोस्रो आयुषा उप्रेती , तेस्रो रमेश प्रसाद सग्रौला भएका थिए ।  म्युजिकल चियर खेलमा प्रथम आरोग्य शिवाकोटी,  दोस्रो रेखा कडरिया , तेस्रो कल्पना शिवाकोटी भएका थिए । त्यस्तै हण्डीफोर खेलमा प्रथम श्रीनिधी बजगाई , दोस्रो शंकर प्रसाद पाण्डे , तेस्रो स्मयन बजगाई भएका थिए । उनीहरुलाई  पुरस्कार प्रदान गरिएको थियो । 

WhatsApp Image 2026-01-28 at 19.20.01

साथै सोही कार्यक्रमको अवसर पारि पालिका स्तरको समितिको संयोजकमा प्रणामी व्यवसाय संघ नेपाल झापा अन्तर्गत दमक बाट ज्योति न्यौपाने, कमल बाट बविता सापकोटा, गौरादह बाट लक्ष्मी प्रसाद उप्रेती, गौरीगंज बाट भरत खतिवडा, शिवसताक्षिबाट टंक सिटौला, झापाबाट लिला खरेल उप्रेती, कनकाई बाट सीता सापकोटा, बिर्तामोडबाट मनोज घिमिरे, भद्रपुरबाट टीका प्रसाद सापकोटा, हल्दिबारीबाट दाताराम सिटौला, बह्रदशीबाट डिल्ली पाण्डे, कचनकवल बाट नन्दु खनाल, अर्जुनधारा बाट गौरव दाहाल, मेचीनगरबाट अनुप शिवाकोटी, बुद्धशान्तिबाट कृष्ण अधिकारीलाई चयन गरिएको संघका झापा अध्यक्ष ओलीले जानकारी दिए ।