झापा । ६४ औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा १३ महिला र १२ पुरुष गरी २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रमको उद्घाटन अस्पतालका डा. मनिष सुवेदीले गरेका थिए ।
नर्सिङ समितिकी अध्यक्ष अनिता दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका बीच अस्पतालमा लामो समयदेखि सेवारत स्वास्थ्यकर्मी विश्वेश्वरप्रसाद चौधरीलाई समन गरिएको थियो ।
निरु कुँवरले सञ्चालन र रेनु मल्लिकले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदी, स्वास्थ्यकर्मी सीता भण्डारी, रञ्जना डाँगी, उपमा शिवाकोटी, कृष्णा सुवेदी, रोकाकुमारी शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।











































