झापा
झापाको कन्काई नगरपालिका २ स्थित ह्याप्पील्याण्ड फनपार्क ब्यवस्थापनको लापरवाहिका कारण ठुलो दुर्घटना हुन बाट जोगिएको छ । । पार्कको लापरवाहिका कारण रोलर कोस्टर रेल गाडी मा खेल्ने क्रममा एक बालिकासहित चारजना आज घाइते भएका छन् ।
आज दिउँसो अन्दाजी ३ बजेको समयमा ह्याप्पील्याण्ड फनपार्कभित्र रोलर कोस्टर (रेल गाडी) मा खेल्ने क्रममा दुर्घटना भएको हो । उक्त रोलर कोस्टरको एउटा डब्बा खुस्किएर भुइँमा झर्दा उक्त डब्बामा सवार चारजना घाइते भएका हुन् । यो घटनामा पार्क ब्यवस्थापनको गम्भिर लापरवाहि देखिएको छ ।
घाइते हुनेहरुमा बुद्धशान्ति ४ बस्ने बर्ष ४५ की पेमा शेर्पा, सोही ठाउँ बस्ने प्रज्वल शेर्पाकी छोरी बर्ष ५ की शुविस्ना शेर्पा , बर्ष ३१ की प्रियंका शेर्पा र बिर्तामोड १ बस्ने बर्ष ५६ की डम्बरीकुमारी दर्जी रहेका छन् ।
घाइतेहरुलाई कन्काई नगर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घाइते मध्ये दुइजनाको डिस्चार्ज भइसकेको इप्रका सुरुगांका सई सुवास ढुगंगानाले जानकारी दिए । यता घटनाका बिषयमा पार्कका
म्यानेजर लक्ष्मण सापकोटाले घटना हुनु दुःखद भएको जनाउंदै पार्क व्यवस्थापन भएको स्विकार गरे । केहि समय अघि पनि पार्कमा एक जना ब्यक्तिको करेन्ट लागेर मृत्यु भएको थियो ।










































