झापा । झापामा  शसस्त्र प्रहरीकै मिलेमत्तोमा लगातार तस्करी भइरहे पनि सम्बन्धीत निकायले बेवास्ता गर्दै आइरहेको छ ।  सीमा क्षेत्रमा खटिएका  सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध सामान बिना भन्सार भित्रिंदा भन्सार राजश्व प्रभावित बनेको छ ।

केहि समय यता देखि मेची भन्सार र भद्रपुर भन्सारले राजश्व लक्ष्य भेट्न सकेको छैन । झापाको पूर्वी नाका काँकरभिट्टा स्थित पुरानो मेची पुलबाट शसस्त्र  र भद्रपुर नाकाबाट जनपथ र शसस्त्र प्रहरीको मिलेमत्तो र संरक्षणमा लाखौं मूल्य बराबरको अबैध सामग्री तस्करी हुनेगरेको पाइएको हो । 

सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेटक्वाटर झापा भद्रपुरको मिलेमत्तोमा तस्करी बढेको हो । सबैको ध्यान निर्वाचनमा केन्द्रित रहेको बेला शसस्त्र प्रहरीका प्रमुखले आफ्ना घुमुवा कर्मचारी खटाएर  तस्करीलाई बढवा दिएका हुन् । 

दैनिक सयौं सिटि रिक्सा , मोटरसाइकल, साइकल, म्याजिक भेन लगायतको सवारी साधनमा मेची पुल हुंदै खाद्ययन्न, लत्ताकपडा, हाडवेयर लगायतका सामान कारोवारीले सेटिगंमा ल्याउने गरेका छन् । 

सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म काँकरभिट्टाबाट खटिने सई भानुभक्त विक , बरिष्ठ हवल्दार झगबहादुर सिजापती र शसस्त्र प्रहरी बल नेपाल २ नम्बर गणबाट सादा पोशाकमा खटिएका असई लोकबहादुर पोखरेल र सई यामनाथ उप्रेतीले तस्कर तथा कारोबारीसंग मिलेर सामान तस्करी गराउंदै आएका हुन् ।  गणबाट सादा पोशाकमा खटिने असई पोखरेल कोडमास्टर समेत हुन । उनलाई यस अघिका एसपीको आशिर्वाद र संरक्षण अहिले पनि जारी नै छ । उनी पोके सहित कारोबारीसंग मिलेर रकम असुली रहेका छन् ।

उनले खुला रुपमा माथि सम्म मिलाउनु पर्छ भन्दै पैसा असुल्दै आएका छन् । उनले केहि ब्यवसायी तथा कारोबारीसंग  आर्थिक लेनदेन सम्बन्धी गरेको कुराकानीको अडियो रेर्कड साझा अनलाइनसंग सुरक्षित छ । उनलाई यस बिषयमा बुझ्न पटक पटक कल गरिए पनि उनले फोन रिसिभ गरेनन । त्यस्तै सई उप्रेती र विकले गरेको कुराकानी सहित कारोबारीबाट लिने गरेको रकमको प्रमाण पनि हामीसंग प्राप्त भएको छ ।

मासिक लाइन दिएन भने सामान प्रक्रेर दुुख दिने गरेको बताउंदै एक कारोबारीले नाम नबताउने शर्तामा भनिन एक दिन पैसा दिन ढिलो भयो भने हैरान दिन्छन् । 

अर्का कारोबारीले पनि  शसस्त्रका सई विक, पोखरेल र उप्रेतको ज्यादती बढेको समेत आरोप लगाए । कारोबारीहरु   भिडियोमा बोल्न चांहदैनन ।  यदि मिडियामा प्रहरी बिरुद्ध बोले भोलीका दिनदेखि काम गर्न दिंदैनन,  दुख दिन्छन्, त्यसैले हामी बोल्दैनों एक दशक समयदेखि वारी पारीको काम गर्दै आएकी एक महिला बताउंछिन् ।

WhatsApp Image 2026-02-08 at 08.30.31

उनीहरुसंगको कुराकानीको अडियो समेत साझा अनलाइनसंग सुरक्षित छ । सई उप्रेती र असई पोखरेललाई झापाका एसपी  अम्बिका प्रसाद जोशीको संरक्षण छ  । स्रोतका अनुसार उनको आदेशमा उनीहरुले असुली धन्दा चलाएका हुन् । त्यस्तै सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म काँकरभिट्टाबाट खटिने सई  विक  र  बरिष्ठ हवल्दार सिजापतीलाई सीमा सुरक्षा बल गुल्म काँकरभिट्टाका डिएसपी विकास थापा मगरको संरक्षण छ ।

सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होईन् ।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको हो । 

त्यस्तै राष्ट्यि अनुसन्धानका सुचक ( हवल्दार )  किरण खत्रीले समेत गैर कानुनी क्रियाकलाप गर्ने गरेको स्रोतले जनाएको छ । खत्रीले पनि माथि सम्म मिलाउनु पर्छ भन्दै होटल, क्यासीनो , पोके लगायतबाट असुली गर्दै आइरहेको आरोप छ । यस बिषयमा बुझ्न उनलाई कल गर्दा उनले हाकिमलाई सोध्नु भन्ने जवाफ दिए । यता अनसन्धानका एसपी उमेश पाण्डेले भने गैर कानुनी क्रियाकलाप गरेको प्रमाण पाइए कारवाही गरिने रेडिमेट जवाफ दिए । उनले आफुले धेरै काम गोप्य तबरले गर्नु पर्ने भएका कारण सबै भन्न नमिल्ने जवाफ दिए ।