बिर्तामोड ।
साहित्य चौतारी झापा नेपालले डिजिटल प्रशारण पोडकास्ट ‘साहित्य चौतारीसँग सष्टा’ कार्यक्रम शुभारम्भ गरेको छ । साहित्यसंग नजिक रहेका तथा साहित्य, कला , संगितको क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई डिजिटल माध्यमबाट स्रोता तथा पाठकमाझ पुर्याउन ‘साहित्य चौतारीसँग सष्टा’ कार्यक्रम शुभारम्भ गरेको जनाएको छ । चौतारीले आज सोमवार बिर्तामोड स्थित होटल हिकोलामा एक समारोहकाबिच साहित्य चौतारीसँग सष्टा शुभारम्भ कार्यक्रम उद्घाटन गरेको हो ।

साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य चौतारीका संस्थापक सल्लाहकार तथा साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरावासी, अग्रज गायक तथा संगीतकार डा. टीका भण्डारी, कानुन ब्यवसायी लीला उदासी, अनिरुद्र ओली लगायतले संयुक्त रुपमा पोडकास्टको उद्धघाटन गरेका हुन् ।
होटल हिंकोला हेरिटेज प्रालि काँकरभिट्टा शाखाको छैटौं वार्षिकोत्सवको अवसरमा पर्यटन प्रवद्धनमा साहित्य, सङ्गीत र सञ्चारको भूमिका विषयक अन्तरक्रिया तथा पोडकास्ट ‘साहित्य चौतारीसँग सष्टा’ को शुभारम्भ गरेको हो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष देवीभक्त श्रेष्ठले ६ बर्षअघि होटल हिंकोला हेरिटेजको शाखा सञ्चालन गरेपनि केही बर्षदेखि कांकरभिट्टामा रहेको शाखा आफुले सञ्चालन गर्न नपाउँदा दुःख लागेको बताए । श्रेष्ठले डेढ कारोड भन्दा वढी रकम लगानी गरेपनि होटल सञ्चालनमा अवरोध आएकाले अन्यायमा परेको बताए । बिर्तामोडस्थित होटल हेरिटेजमा प्रत्यक बर्ष बार्षिकोत्सव मनाउंदै आएका छन् । कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।










































