बिर्तामोड । वीरता जेसीजको आयोजनामा “अक्षयकोष वृद्धि कार्यक्रम” सम्पन्न भएको छ। संस्थाको दीगो आर्थिक सुदृढीकरण तथा सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वीरता जेसीजका पूर्व कोषाध्यक्ष जेसी अनन्त लाल महतोले अक्षयकोषका लागि जन्म दिनको अवसरमा रु। ११,००० सहयोग प्रदान गर्दै संस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँको उक्त योगदानलाई सहभागीहरूले प्रशंसनीय कार्यका रूपमा लिएका थिए।

कार्यक्रममा निर्मल भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै अक्षयकोषले संस्थाको भविष्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु नेउपाने, पूर्व अध्यक्ष जेसी घनश्याम चौधरी, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्कालगायत कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यस अघि आजै आफ्नो घर आफ्नो आश्रम मा आश्रीत फरक क्षमताका अभिभावक हरु लाई औषधि ब्यवसायी संघ झापाको अध्यक्ष जीवन खड्का को प्रमुख आतिथ्य तथा जनसम्पर्क अधिकारी अजय चौधरी को सम्योजकत्वमा खाद्यान्न तथा आवश्यक समाग्री बितरण समेत गरिएको थियो ।
कार्यक्रममार्फत वीरता जेसीजले “त्यनभतजभच ध्भ ऋबल” को भावना अनुरूप संस्थागत स्थायित्व र सामाजिक सेवामा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको आस्था वाचन सुमन पोद्दारले गर्नुभएको र संयोजन कार्यकारिणी उपाध्यक्ष जेसी प्रभात मास्केले गर्नुभएको थियो भने सञ्चालन महासचिव सुबास तिखत्रीले गर्नुभएको थियो।










































