बिर्तामोड । 

झापाको बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एकेडेमी र एभरेष्ट स्पोट्स एकाडेमीको आयोजनामा भएको तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडको कन्चन अंग्रेजी स्कुलले उचालेको छ । 

आज सम्पन्न फाइनल खेलमा  कन्चन स्कुलले निदी माविलाई २–० को अन्तरले पराजि गर्दै  उपाधि उचालेको हो । प्रतियोगिताको उपाधिसंगै कन्चनले मेडल र ट्रफि हात पारेको छ ।  

WhatsApp Image 2026-02-11 at 18.37.27 1

प्रतियोगितामा २० वटा बिद्यालय सहभागी रहेका थिए । विद्यालयका संस्थापक प्रसाईंको स्मृतिमा हरेक बर्ष उक्त प्रतियोगिता हुँदै आएको न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुंमागाईले जानकारी दिए ।  विजयी टिमलाई झापा–११ फुटवल क्लवका अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । ‘विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको एभरेष्ट स्मार्ट एकेडेमीका प्रिन्सिपल अनुप शर्माले जानकरी दिए । 

WhatsApp Image 2026-02-11 at 18.36.32 1

एभरेष्ट स्मार्ट एकेडेमी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक आशिष प्रसाईको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, राष्ट्रिय उपभोक्ता मञ्च, झापााका अध्यक्ष मदनगोपाल सुब्वा, बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन शिक्षक तृष्णा अधिकारीले गरेकी थिइन् । प्रतियोगितामा सुनभागा स्कूल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीवेल, वेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, बाल्मीकि प्रोभिडेन्स र न्यूट्न्स एजुकेशन एकाडेमीले सहभागिता जनाएको जनाइएको छ ।