झापा । झापाको सीमावर्ती क्षेत्र गौरीगंजबाट लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे गौरीगंज २ स्थित बाहुन टोलमा उनीहरु पक्राउ परेका हुन् ।

स्थानीय आँपगाछीबाट बाहुन टोलतर्फ आउँदै गरेको मे १ ह ५६६७ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाइराखेको अवस्थामा प्लाष्टिकबाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सो लागूऔषधसहित अटोचालक शिवसताक्षी २ मनोहरा घर भई हाल दमक ८ बस्ने ३४ वर्षीय दिलकुमार विश्वकर्मा, गौरादह ८ भुँडीसिमल बस्ने २७ वर्षीय अमन ताजपुरिया, सुनसरी धरान १६ घर भई हाल दमक ८ बस्ने १९ वर्षीया दिपा परियार र मोरङ बेलबारी ९ घर भई हाल दमक ८ बस्ने १९ वर्षीया पार्वती चौधरी पक्राउ परेका छन् ।