बिर्तामोड । झापा बिर्तामोड अग्रज पत्रकार गणेश पोखरेल सम्मानित भएका छन् । आज बुधबार डोमालाल राजबंशी रंगशालामा आयोजित ७ ओैं झापा गोल्डकपले पोखरेललाई सम्मान गरेको हो ।
गोल्डकप आयोजक समितिका अध्यक्ष केदार गिरी, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पोडेल, महासचिब बुद्ध तामाङ, प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले सम्मानपत्र प्रदान गरेका थिए ।
डोमालाल राजवंशी रंगशालामा लामो समयदेखि जमिनको स्वामित्व विवाद थियो । पोखरेलको सक्रियता र समन्वयमा जमिनको स्वामित्व फिर्ता भएको बताउँदै गोल्डकप आयोजक समितिले उनलाई सम्मान गरेको हो ।
जग्गाको स्वामित्व फिर्ताका लागि पोखरेलले कानुनी, राजनीतिक तथा प्रशासनिक भूमिका खेलेको भन्दै उनलाई सम्मान प्रदान गरिएको थियो ।










































