बिर्तामोड नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष, विवाह र चाडपर्वको अवसर पारेर ग्राहक योजना ‘टिभिएससँग सुनको सगुन’ सार्वजनिक गरेको छ ।
जगदम्बा मोटर्सले विश्व बजारमा बढ्दो सुनको मूल्य र नेपाली समाजमा यसको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी यो योजना ल्याएको बिर्तामोडस्थित आधिकारिक बिक्रेता पाथिभरा अटोलिंकका सञ्चालक याम कार्कीले बताए ।
यो योजनामार्फत ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा केवल साधन मात्र नभई दीर्घकालीन मूल्य र भरोसा प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ ।
४५ दिने विशेष योजनाअन्तर्गत ग्राहकले टिभिएसका कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा प्रत्येक दिन एकजना भाग्यशाली ग्राहकलाई सुनको सिक्का जित्ने अवसर प्रदान हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, नगद खरिदमा १ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनुका साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ टिभिएस साटिन सकिनेछ ।
नागरिकता वा सवारी चालक अनुमतिपत्रको आधारमा सहज किस्ताबन्दीको योजना ल्याएको कम्पनीले सबै मोडलका टिभिएस सवारी साधनमा लाइफटाइम वारेन्टीको सुविधा दिने भएको छ ।
कम्पनीका अनुसार योजना आगामी ४५ दिनसम्म अर्थात माघ १८ गतेदेखि चैत ३ गतेसम्म देशभरका सबै आधिकारिक टिभिएस सोरुमहरुमा लागु हुनेछ ।










































