आफ्नो पितृको सम्झनामा दुईजना युवाहरूले मानव आश्रममा आश्रित बृद्धबृद्धालाई सहयोग प्रदान गरेका छन्।
मोरङको कानेपोखरी १ हुक्लाबारी घर भई हाल ग्रीसमा बस्दै आएका जेठा छाेरा सुवास पौडेल र हाल साउदी अरबमा रहेका कान्छा छोरा सुजन पौडेलले आफ्नी स्वर्गीय ममतामयी आमाको स्मृतिमा विराटनगर स्थित मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका हुन्।
उनीहरुले आमाकाे १६ औँ पुण्य तिथिको अवसर पारेर आश्रममा रहेका ३०० भन्दा बढी वृद्धवृद्धसहित अशक्त दिनदुखीहरुलाई खाद्यान्न, भोजन लगायत सहयोग उपलब्ध गराएका हुन् ।

मानबताकाे नाताले आफन्त तथा घरबारविहीन भएर आश्रममा आश्रित हरुलाई थोरै भएपनि सहयोग गरिएको पौडेल परिवारले जनाएको छ।
सहयाेग प्रदान कार्यक्रममा ससुरा टंकप्रसाद पौडेल, सासु इन्दिरा पौडेल, काकी शर्मिला पौडेल, दिदी जानुका अधिकारी पौडेल लगायतको आतिथ्यता रहेको थियो।
आश्रमले पनि मानवीय हिसाबले सहयोग उपलब्ध गराएको भन्दै पौडेल परिवारप्रति आभार सहित धन्यवाद प्रकट गरेको छ।










































