झापा ।
झापाको बिर्तामोड नगरपालिका–८ बाट भन्सार छलेर भित्र्याएको १० लाख वढीको सामाग्री प्रहरीले बरामद गरेको छ । आज बिहीवार अन्दाजी ८ बजेको समयमा बिर्तामोड–८ गरामनीमा भद्रपुरबाट बिर्तामोड तर्फ जाँदै गरेको WB 74 W 1296 नम्बरको मारुती भ्यानमा भन्सार छलेर चोरी गरि ल्याएको बिभिन्न सामाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त गाडी र सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाईएको छ । इप्रका अनारमनीबाट बरामद गाडिको पाटपुर्जा, हाडवेयर र ग्यास चुलाका सामान मेची भन्सार पठाइएको प्रहरीले जनाएको छ ।
उक्त बरामद समानको मूल्य र बरामद गाडीसहित अन्दाजी १० लाख ६८ हजार ५० रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।










































