झापा ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यलाई प्रसुती शल्यक्रिया उपचार सुबिधा प्रदान गरेको छ ।
मनमोहन सामुदायिक अस्पताल बिर्तामाेडमा प्रसुती उपचार गराई रहेकी गोलधाप सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य हिमाली राईलाई १४ हजार ८७५ रुपैयाको शल्यक्रिया उपचार सुबिधा संस्थाले प्रदान गरेकाे हाे ।
संस्थाका कर्जा अशुली बिभाग प्रमुख विजय बस्नेत (प्रेम)ले अस्पतालमै पुगेर सहयाेग गरेका हुन् ।
संस्थाको सदस्य राहत कोषमा आबद्ध महिला शेयर सदस्यले जीवनमा दुई पटक प्रसुती शल्यक्रिया उपचार सुबिधा पाउने व्यवस्था छ ।
हिमालीले शल्यक्रिया खर्च २९ हजार ५०० को आधा रकम बापत १४ हजार ८७५ रुपैयाको सुबिधा पाउनु भएको विभागीय प्रमुख बस्नेतकाे भनाई छ ।
सिम्रिक साकाेस संस्थाकाे सुख वा दु:खमा सदैब साथमै रहेकाे समेत बस्नेतले जानकारी दिए ।
बचत तथा ऋणकाे काराेबार मात्र नगरि संस्थाले सामाजिक उत्तर दायित्वकाे क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएकाे छ ।









































