विदेश पठाइदिने बहानामा रकम असुलेर ठगी गरेकाे आराेपमा बिर्तामाेडका एक युवा प्रकाउ परेका छन् । 

७० जनाबाट  बढी पीडितबाट ३ करोड रकम ठगी गर्ने बिर्तामोड  ५बस्ने वर्ष २५ का कृष्ण अग्रवाल पक्राउ परेकाे बताईएकाे छ । 

 अग्रवालले ठगी गरेको भन्दै २५–३० जना पीडितहरुले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएकाे जनाईएकाे छ । 

 त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको इप्रका अनारमनीका डिएसपी बिजय श्रेष्ठले जानकारी दिए । आज पीडितहरू उपस्थित भएपछि अन्य कुरा अघि बढ्ने उनले बताए ।  उनले पीडित संग के कति ठगी गरेकाे हुन, त्याे बिषयमा आज थाहा हुने बताए ।