चोरी गरी लुकाइएको ठुलो रकम र सुन चाँदिका केहि गरगहना सहित एक महिला पक्राउ परेकी छन् । झपाको बिर्तामोड ४ स्थित नयाँवाड़ीबाट प्रहरीले दश लाख बढी नगद र सुनचाँदिका गहना सहित अन्य सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
फागुन २९ गते राती साढे ११ बजेको समयमा प्रहरीले नगद र गर गहना बिर्तामोड क्षेत्रको बिभिन्न ब्यक्तिहरुको घरबाट चोरी गरि ल्याइएको बताइएको छ । उक्त रकम र गहना लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला झापा विर्तामोड नगरपालिका ४ नयाँवाड़ी स्थित जगत बस्नेतको घरमा डेरा बस्ने मसिना खातुनलाई सामान सहित पक्राउ गरेको हो ।
खातुनका श्रीमान आसिक आलमले चोरी गरी ल्याइ घरमा लुकाइएको अवस्थामा नगद नेपाली रुपैंया र भारु रकम गरी १० लाख २९ हजार ६० रुपैंया , सुन जस्तो देखिने पहेंलो धातुका गहना मंगलशुत्र, १ थान, औंठी १ थान, कानमा लाउने झुम्का १ जोर, रिंग पिंजडा , सादा मुन्द्रा सहित अन्य गहना प्रहरीले बरामद गरेको छ ।
खातुन समेतले लागु औषधको ओसार पसार , वेच बिखन गर्ने तथा नगद रुपैंया, सुन र चाँदीका गरगहनाहरु समेत चोरी गरी आफ्नो बस्ने घर कम्पाण्ड तथा कोठामा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खातुनको साथबाट नगद, गरगहना, मोवाइल फोन , मोटरसाइकल फेला पारेको हो
बर्ष २८ की मसिना खातुनलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा स्टिलको भित्री सेभमा लुकाई छिपाई रखेको अवस्थमा नेपाली र भारतीय नगद रुपौया, सुन र चाँदीका गरगहनाहरु फेला परेको हो । साथै उनको साथबाट मोवाइल फोन २ थान मे ६ प ४९१ नम्बरको रातो रंगको अपाचे समेत प्रहरीले फेला पारेको स्रोतले जनाकारी दिएको छ ।
उक्त नगद रुपैंया, सुन जस्तो देखीने पहेलो धातु र सेतो चाँदी जस्तो देखीने धातु गरगहनाहरु के कहाँबाट ल्याएर राखेको भनी खातुनलाई सोधपुछ गर्दा श्रीमान आसिक आलमले चोरी गरी ल्याएको प्रहरी समक्ष बयान दिएकी छन् । साथै चोरी गर्न प्रयोग गरिने फलामको हेम्बर, हयाक्सो ब्लेड, खुकुरी, ब्लेड काट्ने विद्युतिय मेशिन लगायतका सामान समेत बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।









































