बुट्टाबारी ।
माहेश्वरी समाज मेची र महेश्वरी महिला मञ्चको साधारणसभा एवम् पद हस्तान्तरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको केन्द्रिय अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा माहेश्वरी समाज मेचीका लागि तीन बर्षिय कार्य समिति अध्यक्षमा सामाजिक ब्याक्तित्व नविन गट्टानी, उपाध्यक्ष आनन्द सोनी, सचिव रितेश बिहानी, सह–सचिव हरीश झंवर, कोषाध्यक्ष पंकज तोशनीवाल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा प्रमोद मिंत्री, सुनील बिहानी, बिपेंद्र गट्टानी, राजेंद्र गट्टानी, डा। रोशन अटल, डा। हेमन्त राठी, बजरंग राठी, पवन गट्टानी, नितेश साबु चयन भएका छन् ।
त्यसैगरि महेश्वरी महिला मञ्चमेचीका लागि अध्यक्ष सुधा अटल तोषनिवाल, उपाध्यक्षा गीता गट्टानी, उपाध्यक्षा लीला देवी झवर, सचिव ज्योति गटटानी, सह–सचिव इन्दु बिहानी, कोषाध्यक्ष दीप्ति राठी, सांस्कृतिक सचिव रुचि झवर, सांस्कृतिक सचिव पूनम गट्टानी, स्वास्थ्य समिति संयोजकमा डा। सन्ध्या राठी सदस्यहरुमा कविता गट्टानी, विनिता गट्टानी, मनिषा मन्त्री, किरण गट्टानी, पुजा सिगची, प्रियंका झवर, कान्ता सोनि तीन बर्षिय कार्यकालका लागि सर्व सहमत चयन भएका छन् ।
कार्यक्रममा तीन बर्षे कार्यकालमा गरिएको प्रतिवेदन सचीव सुधा अटल तोसनिवालले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन प्रियका झवरले प्रस्तुत गरेका थिए । । नवसमितिलाइ अध्यक्ष नवीन गट्टानी र सुधा अटल तोसनिवालले आ आफ्नो समितिलाई पदको सपथ खुवाएका थिए ।
निर्बतमान अध्यक्षहरु रिता चित्तलाङ्गिया र महेश चित्तलाङ्गियाको कार्यकालमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय, गणेश आधारभूत बिद्यालय र बन्दी सहायता नेपाल अर्जुनधाराका बालबालिकाहरुलाइ स्कुल ड्रेस, स्टेसनरी, खाद्यान्न, फेन, भाडा बर्तन, देखी सरस्वती मन्दिर निर्माण र प्रगति सामुदायिक बन उपभोक्ता समितिमा बृक्षरोपण देखी बृद्धआश्रम, तारा नमस्ते बालगृह बिर्तामोडमा खाद्यान्न विभिन्न सामग्री लगायत हस्तान्तरणसँगै सामाजिक कार्यमा सहयोग गरिएको र सो कार्यमा साथ दिने समिति र सहयोगीहरुलाइ धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रिय अध्यक्ष निर्मला जोशी, अतिथि अखिल भारतवर्षिय माहेश्वरी महिला संगठन संकल्प सिद्धा समिती पूर्वांचल सहप्रभारी नितू सोमानी, जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधाराका प्रधानाध्यापक रन्जित परियारले निबर्तमान हुने समिति एवम् अध्यक्ष रिता तथा महेशचित्ताङ्गियालाइ सफलता पूर्वक कार्य सम्पन्न गरेकोमा र नवगठित अध्यक्ष नवीन गट्टानी र सुधा तोसनिवाल एवम् समितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सस्थापक सुधा गट्टानीको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत महेश चित्तलाङ्गिया गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सुधा अटल तोसनिवालले गरेकी थिइन् ।









































