काठमाण्डौ :  विपी राजमार्गमा हिजो बेलुकादेखि बन्द भएको छ । अर्को सूचना नआउन्जेलसम्म अनिश्चितकालीन बन्द गरिएको हो ।  बीपी राजमार्गको भकुण्डे–नेपालथोकमा खण्डमा हिजो ठूलो पानी परेकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै गाडी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अर्को सूचना नआएसम्म यो खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ । यसअघि गएको शुक्रबार रोशी खोलामा आएको बाढीले दुई दिन विपी राजमार्ग अवरुद्ध भएको थियो । 

अघिल्लो वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर सञ्चालन हुँदै आएको छ ।