बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–५ मा ‘गुफा रेष्ट्रो’ सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित बुद्धनगर टोल रोड नम्बर १ मा करिब ६० लाख रुपैयाँको लागतमा गुफा रेष्ट्रो सञ्चालनमा आएको हो ।
स्वदेशमै केही गर्ने सोचका साथ सञ्चालनमा ल्याइएको रेष्ट्रोका प्रबन्ध सञ्चालक मनोज अधिकारीले जानकारी दिए ।
‘ग्राहक चाहना अनुसार अनुभवी सेफद्वारा खानाका परिकार तयार गरेर उपलब्ध गराउँछौं’, उनले भने ‘ग्राहकको माग अनुसार रेष्ट्रोमै रहेको कालिज, बट्टाई, हाँस, लोकल कुखुरा तयार पारेर पस्किने गरेका छौं ।’

नयाँ वर्ष २०८३ को अवसरमा आगामी बैशाख १ गते रेष्ट्रोको औपचारिक उद्घाटन गरिने र सोही अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको उनले बताए ।
रेष्ट्रोमा ग्राहकको चाहना अनुसार काजिल, बट्टाई, हाँस, लोकल कुखुरा, खसी लगायतका मासुका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक कुशुमकुमारी ढकालले जानकारी दिए ।
रेष्ट्रोमा खाना तथा पेय पदार्थका साथै ३० देखि ४० जना क्षमताको दुई वटा सभाहल रहेको छ ।
उक्त हलमा जन्मदिनको अवसरमा हुने कार्यक्रममा केक र डेकुरेशन निःशुल्क गरिएको छ । रेष्ट्रोमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्य होटलको तुलनामा लागत मूल्य भन्दा १०–२० प्रतिशत शुल्क थपेर ग्राहकलाई सेवा दिने जनाइएको छ ।










































