बुटवल । अबैध तबरबाट क्यासिनोमा नेपालीलाई प्रबेश गराएर जुवा खेलाउने गरेकाे पाईएकाे छ । जुवा खेलाउने र खेल्नेलाई प्रहरीले प्रकाउ गरे सँगै साे कुरा खुलासा भएकाे हाे । यहि क्रममा रुपन्देहीमा क्यासिनोमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार (चैत २५) राति ड्रिमल्यान्ड होटेलस्थित सीएमजी क्लब क्यासिनोबाट नेपालीलाई नियन्त्रणमा लिइएको
जिल्ला प्रहरी कार्यलय भैरहवा , रूपन्देहीका सुचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न सर्लाहीको बरहथवा नगरपालिका–८ का ३१ वर्षीय मुकेशकुमार श्रेष्ठ र ललितपुरको गोदावरी नगरपालिका–१५ का ४१ वर्षीय अजय केसी छन् ।
यस्तै, जुवा खेलिरहेका बुटवल उपमहानगरपालिका–१२ का ३५ वर्षीय गोविन्द शर्मा, वडा नम्बर–९ का वासुदेव गौतम, सोही स्थानका कृष्ण गौतम र वडा नम्बर–११ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूका साथबाट नगद दुई लाख १७ हजार रुपैयाँ, तीन हजार ५०० भारु, क्यासिनो क्वाइन (आईसी) एक लाख २५ हजार, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र तास बरामद गरिएको जिल्ला प्रहरी कार्यलय भैरहवा , रूपनदेहिका सुचना अधिकारी डिएसपी चन्दले जानकारी दिए ।
डिएसपी चन्द नेपाल प्रहरीभित्र एक कुशल र सक्षम प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।








































